बाँकेमा पहिलो पटक कोरोना संक्रमितमा गरिएको प्लाज्मा थेरापी सफल।

0

भदाै २९, बाँकेमा पहिलो पटक कोरोना भार्इरसका संक्रमितमा गरिएको प्लाज्मा थेरापी सफल भएको छ ।

भेरी अस्पतालमा प्लाज्मा प्रदान गरिएका सल्यानका २९ वर्षीय प्रविण केसी निको भएर घर फर्किएको अस्पतालले जनाएको छ।

भदौ १२ गते भेरी अस्पतालमा भर्ना हुनुभएका उहाँलार्इ निमोनिया भएपछि आइसीयुमा राखेर अक्सिजन दिएपनि स्वास्थ्य थप गम्भिर भएपछि १५ प्लाज्मा थेरापीबाट उपचार गरिएको हो।

नेपालगञ्ज वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले उहाँलाई भदौ १५ गते प्लाज्मा दिनुभएको हो ।

भेरी अस्पतालका प्लाज्मा सम्पर्क व्यक्ति डा. खगेन्द्रजंग शाहले प्लाज्मा दिएर उपचार गर्दा स्वास्थ्य अवस्थामा सुधार आएसँगै केसीको रिपोर्ट पनि नेगेटिभ देखिएको हुँदा डिस्चार्ज गरिएको बताउनु भयो ।

केसी निको भएपछि प्लाज्मा थेरापीलाई अगाडी बढाउन उत्साहित बनाएको डा. शाहको भनाई छ ।

गम्भीर अवस्थामा पुगेर निको हुनुभएका केसीले पनि आफूले दोस्रो जीवन पाएको जनाउँदै घर फर्किएको १५ दिन पुग्ने वित्तिकै आफूले पनि प्लाज्मा दिने घोषणा गर्नु भएको छ।

उहाँले उपचारपछि निको भएका सबैलार्इ  प्लाज्मा दिन अनुरोध समेत गर्नुभएको छ ।

 

 

Share.

About Author

Leave A Reply