बाढीपीडित तथा विपन्न बालबालिकाका लागि सुर्खेतमा न्यानो अभियान शुरु।

0

पुष–२३सुर्खेत।बाढीपीडित तथा विपन्न बालबालिकाका लागि सुर्खेतमा ‘न्यानो सुर्खेत’ अभियान आजदेखि शुरु भएको छ।चिसोका कारण विरामी परेका र आर्थिक अभावका कारण बालबालिकाले उपचार नपाएपछि जिल्लाभर नै यो अभियान संचालन गर्न लागिएको हो।अभियानको पहिलो चरणमा बराहताल गाउँपालिकाको गिरीघाट शिविरमा रहेका बाढीप्रभावित बालबालिकासमक्ष पुगी अभियना शुरु गरिएको हो।न्यानो सुर्खेत अभियान अन्तर्गत बालबालिकालाई निःशुल्क स्वास्थ्य परिक्षण गरी औषधी वितरण र न्यानो कपडा पनि वितरण गरिएको छ।मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत बालरोग विषेशज्ञ डाक्टर नवराज केसीको पहलमा अभियान संचालन भएको हो।चिसो बढ्दै संगै सबैभन्दा बढी बालबालिका तथा बृद्घाबृद्घि प्रभावित भएका छन्।चिसोका कारण निमोनिया र झाडापखालाका विरामी बालबालिकाहरू उपचारका लागि अस्पताल र क्लिनिकहरूमा आउन थालेपछि अभियान सुरु गर्न लागिएको अभियान्ता समेत रहनुभएका डाक्टर नवराज केसीले बताउनुभयो।महिला तथा बालबालिका कार्यालय सुर्खेतले जिल्लाभर जोखिमा परेका तथा पर्ने सम्भावना भएका बालबालिकाको लगत संकलन गर्ने कार्य संचालन गराईरहेको छ।विपन्न बालबालिकाहरूलाई चिसोबाट जोगाउन आफूहरूले न्यानो सुर्खेत अभियान सुरु गरेको केसीले बताउनुभयो।सबैभन्दा पीडित गिरीघाटमा रहेका बाढीपीडित शिविरका बालबालिका रहेको उहाँको भनाइ छ।आर्थिक अभावका कारण उनीहरूले उपचार नै नपाउने अवस्था रहेको भन्दै डाक्टर केसीले आफूहरूले यसमा सहयोग गर्न लागेको बताउनुभयो।न्यानो सुर्खेत कार्यक्रममा बराहताल गाउँपालिका, लायन्स क्लव अफ सेरोफेरो र महिला तथा बालबालिका कार्यालयले पनि सहयोगको प्रतिबद्धता जनाएका छन्।बराहताल गाउँपालिकासहित जिल्लाका सबै स्थानीय तहसँगको सहयोग तथा समन्वयमा अभियान हरेक वर्ष चलाईने डाक्टर केसीले बताउनुभएको छ।

Share.

About Author

Leave A Reply