बाम गठबन्धनका ओली र दाहाल बिच छलफल ।

0

पुष–१३ ।बाम गठबन्धनका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता, सरकार गठन, राष्ट्रियसभा अध्यादेश लगायतका विषयमा छलफल भएको छ।राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको दुवै नेताले बताएका छन।दुर्इ नेताबिच एकदुर्इ दिनभित्र संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने लगाएतका तीनवटा निर्णय भएको प्रचन्डका स्वकीय सचिव मनहरि तिमिल्सिनाले बताउनु भयो।यस्तै नयाँ सरकार निर्माणकालागि देउवा सरकारले मार्ग प्रसस्त गर्नुपर्ने र राष्ट्रियसभामा गठनकालागि निर्वाचन आयोगलाई तत्काल समानुपातिक सूची सार्वजनिक गर्न आग्रह गर्ने निर्णय भएको उहाँको भनार्इ छ।दुर्इ दलका शीर्ष नेताहरूले निर्वाचन पछिको जनादेश अनुसार कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठन गर्न बाटो खुलाउनुपर्ने आलटाल गरेको आरोप लगाएका छन।

Share.

About Author

Leave A Reply