बिज्ञापन प्रक्रिया अघि नबढाउन उच्च अदालतको अल्पकालिन आदेश।

0

असार-१९ सर्खेत।सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले कर्मचारी नियुक्तिकालागि आव्हान गरेको विज्ञापनमाथि अन्तरिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रमेश पोखरेलको एकल इजलाशले असार २७ गतेसम्मकालागि विज्ञापन अनुसारको नियुक्ति प्रक्रिया अगाडि नबढाउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।अधिवक्ता उत्तम आचार्यले असार २७ गते छलफलकालागि बोलाइएको भन्दै त्यहीदिन अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने टुंगिने बताउनु भयो।

 

विज्ञापन त्रुटिपूर्ण रहेको भन्दै संस्थाका स्किम प्रमुखहरु शिवप्रसाद गौतम लगायतले  खारेज गर्न परमादेशकालागि उच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको हो ।

यसैबिच नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले संस्थाको वारेमा सार्वजनिक भएका घटनाक्रममाथि समाचार संकलन गर्न गएका तीन जना पत्रकारलाई संस्थाका कर्मचारीहरुले दुव्र्यवहार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

 

पत्रकार महासंघले जारी गरेको विज्ञप्तीमा पत्रकार बुद्धिसिंह ठकुरी, नवराज रोकाय र क्यामरा पर्सन भीम परियारलाई दुव्र्यवहार गरिएको भन्दै आपत्ती जनार्इएको छ।

महासंघले दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ सुर्खेतले गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस्ता घटना नदोहोयाउन आग्रह गरेको छ।

 

यता संस्थाको टेड्र युनियनले संस्थाले कर्मचारी व्यवस्थापनकोलागि गर्न खोजिएको कामको समर्थन गर्दै कर्मचारीको भविष्यमाथि खेलवाड नगर्न आग्रह गरेको छ।

युनियनका अध्यक्ष गणेशमान खनालले विज्ञप्ति जारी गरी नियम अनुसार विज्ञापन गरिएको दाबी गर्दै संस्थामाथि गलत आरोप लगाउन खोजिएको जिकिर गर्नुभएको छ ।

Share.

About Author

Leave A Reply