बिमान दुर्घटनमा ज्यान जानेको संख्या ४९ पुग्योः

0

फागुण २९, यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ ।
दुघर्टनामा २२ जना घाइते भएका छन्।
उनीहरु मध्ये केहीको केहीको अवस्था गम्भीर छ ।
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो।
७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए ।
उनीहरु मध्ये ३३ नेपाली थिए ।
गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशह नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ।
चालक दलका चारै सदस्यको पनि दुर्घटनामा निधन भएको छ ।
घाइते मध्ये २२ जनामा ११ नेपाली छन् ।
९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन ।

Share.

About Author

Leave A Reply