बिराटनगर एभरेष्ट प्रमिएर लिग र्इपिएल क्रिकेटको फार्इनलमा प्रवेश।

0

पुष–१३ ।विराटनगर वारियर्स राजधानीमा जारी सर्वाधिक पुरस्कार राशीको एभरेष्ट प्रिमियर लिग इपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।कीर्तिपुर मैदानमा आज भएको पहिलो क्वालीफायरमा भैरहवा ग्ल्याडिएटर्सलाई ८ विकेटले हराउँदै बीराटनगरले फार्इनलमा ठाउँ पक्का गरेको हो।भैरहवाले दिएको १ सय २८ रनको विजयी लक्ष्य प्रतियोगिताको एक मात्र अपराजित टोली विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पुरा ग¥यो।विराटनगकोलागि बाबर हयातले ४४ बलमा ६२ रन तथा कप्तान पारस खड्काले २४ बलमा अविजित ४२ रनको महत्वपूर्ण पारी खेल्नुभयो।यसअघि खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको भैरहवाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनाएको हो।भैरहवाकालागि पुनित मेहेराले सर्वधिक ४९ रन तथा आशिफ शेखले ४६ रन जोडेपनि हार टार्न सक्नुभएन।भैरहवाले फार्इनल प्रवेसकालागि भोली दोस्रो क्वालीफायरमा ललितपूर प्याट्रिएट्संग प्रतिस्पर्धा गर्नेछ।आजै भएको खेलमा ललितपुरले पोखरा राइनोजलार्इ २७ रनले हराउँदै दोस्रो क्वालिफायरमा ठाउँ पक्का गरेको हो।१३९ रनको लक्ष्य पछ्याएको पोखरा १११ रनमा अलआउट भयो।पोखराकालागि पाकिस्तानी खेलाडी इसिरुल्लाहले २५ रन बनाउनुबाहेक अन्यले गतिलो रन बनाउन सकेनन्।पोखरालार्इ सस्तैमा समेट्न ललितपुरका सन्दिप लामिछानेले ३ विकेट लिँदा पवन सर्राफ, सन्नी पटेल र रसिद खानले २/२ विकेट लिनुभयो। टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३८ रन बनाएको हो।ललितपुरलागि सन्नी पटेलले ३८ शंकर रानाले ३४ जयकिसन कोस्लावालाले २८,, र दिपेश भण्डारीले १९ रनको अविजित पारी खेल्नुभयो।

Share.

About Author

Leave A Reply