बिराटनगर वारियर्स एभरेष्ट प्रिमिएर लिग क्रिकेटमा लगातार दोस्रो जित हात पार्न सफल।

0

पुष–६।बिराटनगर वारियर्स राजधानीमा जारी सर्वाधिक पुरस्कार राशीको एभरेष्ट प्रिमियर लिग इपिएल टि–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित दर्ता गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले पोखरा राइनोजलाई ३ विकेटले पराजित गरेको छ। १२३ रनको लक्ष्य विराटनगरले २ बल बाँकी छँदै पुरा गरेको हो।विराटनगरकालागि ओपनर अनुस्मन रथले ६० रनको अर्धशतकिय पारी खेल्दै टोलीलाई जिताउन महत्वपूरूण योगदान दिनुभयो। पोखराका सुशन भारी र इस्रार उल्लाहले २-२ विकेट लिएका थिए भने शक्ति गौचन र सुनिल धमला १-१ विकेट हात पारे।टस हारेपछि ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २२ रन जोडेको हो।पोखरासका लागि मध्यक्रमका ब्याट्सम्यान राजेश पुलामी मगरले सर्वाधिक ३० रन जोडनु भयो भने विराटनगरका कप्तान पारस खड्काले ३ विकेट लिनुभयो।पोखराको ब्याटिङको अन्तिम ओभरमा ब्याट्सम्यानले पिचको बिचमा कुदेपछि अम्पायरले विपक्षी टोलीलाई पाँच रन पेनाल्टी दिएका थिए।यसैगरी भैरहवा ग्लाडियटर्सले पनि विजयी सुरुआत गरेको छ।भैरहवाले काठमाडौं किंग्स इलेभेनलाई ७ विकेटले हराउँदै विजयी सुरुआत गरेको हो।काठमाडौंले दिएको ११९ रनको विजय लक्ष्य भैरहवाले १६ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्योड।पुनित विष्टले अविजित रहँदै ४२ तथा आरिफ शेखले ११ बलमा अविजित २३ रन बनाउँदा।कप्तान शरद भेषावकरले ३२ रन जोड्नु भयो।यसअघि, पहिले ब्याटिङ गरेको काठमाडौंले ८ विकेट गुमाएर ११८ रन बनाएको हो।काठमाडौंले लगातार दोस्रो हार भोगेको छ।

Share.

About Author

Leave A Reply