बीरेन्द्रनगरका विभिन्न वन क्षेत्रमा जथाभावी रुख कटानी बढेको जनगुनासो।

0

२५ पुष सुर्खेत ।सुर्खेतको बीरेन्द्रनगरमा रहेको बन क्षेत्रमा जथाभावीरुपमा रुखकटानी संगै गाइ बस्तु चरिचण हुदै गएको स्थानियवासीले बताएका छन।स्थानिय बासिन्दाले वीरेन्द्रनगरको इत्राम खाोला  माथितर्फ, लादे, सिद्घपाइला गंगटे क्षेत्रमा अहिले छाडारुपमा पशुचपायहरु वनक्षेत्रमा भेटिने गरेको बताएका छन।वीरेन्द्रनगर ११ सुर्खेतका कृष्णलाल दाहालले वन कार्यलयमा पटकपटक आग्रह गर्दा पनि कार्यलयले वास्था नगरेको गुनासो गर्नुभयो।उहाँले अहिले त्यसक्षेत्रमा धेरै रुखकटानि भएको भन्दै यसको संरक्षणममा कोहीपनि नलागेको बताउनुभयो।हिजो आज रुखहरु कटान गर्ने र बर्षदिन पछि ति रुखहरु निकासी गर्ने गरेको पार्इएको उहाँले बताउनुभयो।वीरेन्द्रनगर नगर क्षेत्र भित्र नै यसरी दिनप्रतिदन रुखहरु कटान हुदाँ समेत वन कार्यलयको ध्यान पुग्न नसकेको भन्दै स्थानिय वासीले आपत्ती जनाएका छन।अहिले वनक्षेत्र भिन छाडा पशुचपायहरु संगै घरमै पालेका गार्इ वस्तु बाख्राहरु चर्ने ,घास काट्ने गरेको पार्इएको छ।यस्तै उहाँले अहिले वनमा पुराना रुखहरु ढल्दै गएको भन्दै अब नयाँ विरुवाहरु वृक्षाँरोप गर्नुपर्ने समय आएको बताउनुभयो।पहिले घना जंगलको पहिचान बोकेको त्यसक्षेत्रमा अहिले भने नाङघो क्षेत्रको रुपमा परिणत हुन लागेको भन्दै स्थानियले आपती जनाएका छन।यता जिल्ला वन कार्यलय सुर्खेतले भने यसबारेमा अहिले सम्म लिखित जानकारी नआएको भन्दै यस बिषयमा बुझेर समस्याको समाधान गरिने जनाएको छ।

Share.

About Author

Leave A Reply