बीरेन्द्रनगरको घन्टाघर नजिक व्यक्तिको नाममा पार्क बनाउन लागेपछि विवाद बढ्दै।

0

जेठ १९,  सुर्खेत उधोग बाणिज्य संघले वीरेन्द्रनगर नगरपालिकाको घण्टाघर पार्कसँग जोडिएको जग्गामा व्यक्तिको नाममा पार्क बनाउन लागेको भन्दै आफ्नो ध्यानआकर्षण भएको जनाएको छ।

संघले एक विज्ञप्ति जारी गर्दै सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा ‘क्याप्टेन दिनेश प्रतिष्ठानका नाममा पार्क निर्माण गर्न थालिएको आपत्ति जनाएको हो ।

विज्ञप्तिमा प्रदेस प्राप्तिकालागि भएको आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सम्मान र सम्झनामा कुनै संरचना निमार्ण नभएका बेला यसरि व्यक्तिको नाममा पार्क बनाउन खोज्नु जनभावना विपरित भएकाले यसलार्इ तत्काल रोक्न माग गरिएको छ।
यस्तै सहिद याम बिसी प्रतिष्ठानले पनि आफूहरुले शहिद पार्क निमार्णकालागि माग गरिरहेको जग्गामा एकाएक नगरपालिकाले व्यक्तिको नाममा पार्क बनाउने अनुमति दिएको भन्दै आपत्ति जनाएको छ ।

यसअघि स्थानियले नगरपालिकाले कानुनविपरीत संरचना निर्माणको स्वीकृति दिएको भन्दै तत्काल काम रोक्न माग गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा समेत उजुरी दिएका छन् ।

अख्तियार कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले प्रारम्भिक चरणमा नगरपालिका र डिभिजन वन कार्यालयसँग यसबारे जवाफ मागिएको बताउनु भयो ।

नगरपालिकाले चैत ७ गते प्रतिष्ठानलाई दिएको पत्रमा क्याप्टेन दिनेश स्मृति पार्क निर्माणकालागि माग भएको जग्गाका विषयमा छलफल हुँदा स्टिमेट अनुसार क्रमागत रूपमा निर्माण गर्नकालागि स्वीकृति प्रदान गरिएको’ उल्लेख छ ।

यता नगरपालिकाले भने बिधिप्रक्रिया अनुसार नै पार्क बनाउन जग्गा प्रदान गरिएको जिकिर गरेको छ ।

पार्क बनाउन भन्दै प्रतिष्ठानलाई संघीय सरकारले ३० लाख र प्रदेशको वन तथा वातावरण मन्त्रालयले ३० लाख रुपैयाँ दिएको जनार्इएको छ।

Share.

About Author

Leave A Reply