बीरेन्द्रनगरको मुख्य बजार क्षेत्रका खाल्डा नपुर्दा समस्या भएको स्थानियको गुनासो।

0

साउन ३१ सुर्खेत,कर्णाली प्रदेस कै राजधानी रहेको बीरेन्द्रनगरका मुख्य बजार क्षेत्रमा रहेका खाल्डा नपुर्दा आवतजावतमा समस्या भएको स्थानियले गुनासो गरेका छन।

बीरेन्द्रनगर नगरपालिकाले गरेको सार्वजनिक सुनुवार्इका सहभागिले सडकका खाल्डा पुर्ने, कालोपत्रे गर्ने, नाला बनाउने लगाएतका काममा तिब्रता दिन माग गरेका छन।

उनीहरुले खानेपानीको अभाव, विद्युत, ढल निकास, डुबान,सार्वजनिक जग्गा अतिक्रमण लगायत विभिन्न विषय सन्दर्भमा आफ्ना जिज्ञासा, गुनासा र सुझावहरु राखेका हुन।

वडा नंम्बर ९ का भोजराज मल्लले मंगलगढी चौकमा अटो रिक्शाले सडक ओगटेर आवागमनमा समेत अवरोध पुर्याएको गुनासो गर्दै उत्त सडक खण्डको मर्मत र नालाको काम ततत्काल अघि बढाउन माग गर्नुभयो ।

स्थानीय हेमराज अधिकारीले हटियाका मासु बजार अव्यवस्थित हुँदा दुर्गन्ध र फोहोर फैलिएको गुनासो गर्नुभयो  ।

वीरेन्द्रनगर ११ का सुशिला सापकोटाले नगर क्षेत्रमा एक घर एक टनेलको अवधारणा कार्यान्वयन गरी स्थानीय र प्रांगारिक उत्पादनलाई प्रोत्साहन दिन सुझाव दिनुभयो ।

वीरेन्द्रनगर १ लालीगुराँस टोलका सन्तबहादुर खत्रील आफ्नो ठाउँमा अझैंपनि पानी र बाटो नपुगेको भन्दै प्रदेशको राजधानीभित्रै भएपनि आफूहरु कुनै टापुमा बसिरहेको अनुभव भइरहेको गुनासो गर्नुभएको छ  ।

बर्षा सकिए लगत्तै विकासका कामले गति लिने

कार्यक्रममा सहभागिका गुनासा र जिज्ञाशा सुनेपछि वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगरको फोहोर व्यस्थापनको काम आउँदो भदौ एकगतेदेखि नयाँ योजनाका साथ थप प्रभावकारी बनाउने दाबी गर्नुभएको छ ।

मुख्य बजार क्षेत्रको फोहोर व्यवस्थापन र विसर्जनकालागि भइरहेको प्रयासमा आफूपनि सन्तुष्ट नभएको भन्दै उहाँले भदौ १ गतेदेखि नै नागरिकले अनुभव गर्ने गरी फोहोर व्यवस्थापनको काम हुने दाबी गर्नुभएको हो ।

मंगलगढीदेखि लाटीकोइलीको नारायण मन्दिरसम्मको बाटो ममर्त सम्भार तथा नाला व्यवस्थापनकालागि ११ करोड रुपैयाँमा टेण्डरसमेत भइसकेकाले वर्षा लगत्तै काम शुरु हुने उहाँले बताउनु भयो।

वर्षातका कारण विकास निर्माणका काम तत्कालका लागि रोकिएको जिकिर गर्दै उहाँले वर्षा सकिएलगत्तै सडकका खाल्डा पुर्ने, कालोपत्रे गर्ने, नाला बनाउने लगायतका काम तीव्र गतिमा हुने दाबी गर्नुभएको छ ।

ढुंगागिट्टी बालुवा लगायतका निर्माण सामाग्रीमा लागेको प्रतिवन्धका कारण हटलाइन लगायत थुप्रै विकास निर्माणका काम अवरुद्ध हुने पुगेको जिकिर गर्दै मेयर सुवेदीले वर्षाको अन्त्यसंगै सबै आयोजनाले गति लिने बताउनु भएको छ।

वडास्तरमा तरकारी तथा फलफूलको पकेट क्षेत्र घोषणा गर्ने गरी योजना बनिरहेको बताउँदै नगर प्रमुख सुवेदीले यसकालागि प्रदेश सरकारका साथै कृषिसंग सम्बन्धित अन्य परियोजनाहरुसंग पनि छलफल भइरहेको उल्लेख गरे ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले कार्यालयले गत आर्थिक वर्षमा सम्पन्न गरेका योजना तथा कार्यक्रमहरुका बारेमा जानकारी गराउनु भयो ।

 

 

Share.

About Author

Leave A Reply