बीरेन्द्रनगरमा क्यान्सर सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न ।

0

माघ-२२सुर्खेत। म हुँ र म गर्न सक्छु भन्ने मूल नाराका साथ  सुर्खेत सहित देशैभर विभिन्न चेतनामूलक कार्यक्रम गरी  विश्व क्यान्सर दिवस मनाएको छ ।यसैअवरमा सुर्खेतको बीरेन्द्रनगरमा नेपाल अर्बुद रोग निवारण संस्था शाखा सुर्खेतको आयोजनामा विविध कार्यक्रम गरीएको छ ।नेपाल अर्बुद रोग निवारण संस्था शाखा सुर्खेतले क्यान्सर दिवसका अवसरमा वीरेन्द्रनगरको मंगलगढि चौकबाट ¥याली निकालेको छ ।यस्तै क्यान्सर दिवसको अवसर पारेर वीरेन्द्रनगरका विद्यालयहरुमा जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको संस्थाका सभापति तेजकुमारी चपाई जिसीले जानकारी दिनुभयो।यस्तै क्यान्सर दिवसको अवसरमा वीरेन्द्रचौकमा दिप प्रज्वलन समेत गरिएको छ ।सुरुमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाउने गरिन्छ ।नेपालमा बर्सेनि करिब २६ हजार जनालार्इ क्यान्सर लाग्ने गरेको र करिब १९ हजारको  यसकै कारण ज्यान जाने गरेको सरकारी तथ्याँक छ ।क्यान्सर हुने कारणमा ४० प्रतिशत खाना तथा रहनसहन, ३० प्रतिशत सुर्तीजन्य पदार्थको कारण र बाँकी भाइरसको कारणले हुने गरेको डाक्टरले बताएका छन् ।नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन् ।क्यान्सर लागेर ज्यान गुमाउनेमध्ये २२ प्रतिशत धुमपानका कारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।नेपालमा क्यान्सरका बिरामीको संख्या बढ्को भन्दै बिज्ञहरुले खानपिनमा बिषेश ध्यान दिन सके क्यान्सरको जोखिमबाट बच्न सकिने बताएका छन ।

 

Share.

About Author

Leave A Reply