बीरेन्द्रनगरमा खानेपानीको समस्या कामयै ।

0

चैत ९-सुर्खेत।प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पनि खानेपानीको समस्या सुल्झन सकेको छैन।प्रदेशको राजधानी भएपछि जनसंख्याको चापसंगै  खानेपानीको समस्या बढेको छ।वीरेन्द्रनगर  नगरपालिकाले चालु आर्थिक वर्ष २०७५/०७६ मा खानेपानीकालागि भने १५ लाख मात्रै विनियोजन गरेको जनाएको छ ।नगरपालिका कार्यालयले यो बजेटले पाइपलाईन विस्तार गर्ने भन्दै नयाँ स्रोत जुटाउनकालागि संघीय खानेपानी मन्त्रालयलार्इ अनुरोध गर्ने बताएको छ ।नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरपालिकाले आफ्नो लगानीले नभ्याउने भन्दै केन्द्र सरकार र अरु दातृ निकायकै भर पर्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।केन्द्र, प्रदेश, र स्थानीय सरकारको सहकार्यमा भेरीको पानी लिफ्टिङको काम अघि बढेकाले यो काम पुरा भएपछी  बीरेन्द्रनगर उपत्यकामा खानेपानीको अभाव नहुने उहाँको दाबी छ।नेपाल सरकारको सुख्खा क्षेत्र खानेपानी आयोजनामार्फत भेरी पम्पिङ्को काम अघि बढाइएको हो। यसैको विस्तृत परियोजना प्रतिवेदन डिपिआर अनुसार करिव २ अर्व ९१ करोड लागतको अनुमान गरिएको छ। लागतको ९० प्रतिशत केन्द्र सरकारले र १० प्रतिशत स्थानीय उपभोक्ता संस्थाले लगानी गर्ने जनार्इएको छ ।भेरी किनारमा पानी प्रशोधन केन्द्र निर्माण गरी साढे ११ किलोमिटर लामो पाइपलाइनबाट अमृतडाँडामा पानी संकलन गरिनेछ।यता सुर्खेत उपत्यका खानेपानी संस्थाले सुर्खेत उपत्यकामा  हाल प्रतिसेकेण्ड एकसय ७६ लिटर पानी अपुग रहेको जनाएको छ। जनसंख्याको आधारमा दैनिक एक करोड ५५ लाख लिटर खानेपानी आवश्यक रहेपनि संस्थाले प्रतिसेकेण्ड एक सय ४९ लिटर पानी मात्रै आपूर्ति गरेको छ।

Share.

About Author

Leave A Reply