बीरेन्द्रनगरमा शहिदका नाममा पार्क र सालिक निर्माण गर्न बजेट विनियाेजन।

0

साउन २६ सुर्खेत।प्रदेस प्राप्तिकालागि बीरेन्द्रनगरमा भएको आन्दोलनमा ज्यान गुमाएका शहिदका परिवारले आन्दोलनका क्रममा शहीद परिवारसंग गरेका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन।वीरेन्द्रनगरमा भएको तेस्रो सहिद स्मृति दिवस कार्यक्रममा सहिद याम विसीका बहिनी भगवती विसीले कर्णाली सरकारलार्इ सहिदको नाममा चोक नामाकरण,शहिद पार्क निर्माण, सालिक निर्माण कार्यलार्इ अगाडी बढाउन आग्रह गर्नुभयो।कर्णाली प्रदेशका कृषि भुमि तथा सहकारी मन्त्री विमला केसीले सहिदहरुको सम्मानमा कर्णाली सहिद पार्क निर्माणकोलागी २ करोड रकम छुटाएको बताउनु भयो। मन्त्री केसीले कर्णाली सरकारले सहिदहरुको योग्दानको कदर गर्दै आगामी दिनमा थप कार्यक्रम ल्याउने बताउनु भएको छ।उहाँले सहिदका परिवाहरुको रोजगारीकोलागी कर्णाली सरकार तयार रहेको आवश्यक छलफल अगाडी बढार्इ बताउनुभयो।उहाँले सहिद परिवार भएको हिन्ता बोध हुने दिन सिकएको भन्दै अब सहिदका सबैमाग पुरा गराउन आफु प्रतिबद्घ रहेको उल्लेख गर्नु भयो।कार्यक्रममा सम्पुर्ण राजनिकदलको प्रतिनिधित्व गर्दै नेपाली काँग्रेस कोषाध्यक्ष अन्नत पौडेलले प्रदेश सरकारले सहिदहरुको उच्च सम्मान गर्न नसक्नुले सहिदहरुको अपमान भएको बताउनु भयो।कार्यक्रममा उघोग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष पदमबहादुर शाहीले कर्णाली सरकाले सहिद परिवारसंग गरेका सबै सम्झौता अक्षरस कार्यान्वयन गर्नुपर्ने बताउनु भयो।कार्यक्रम याम स्मति प्रतिष्ठानका अध्यक्ष तथा सहिद यामबहादुर विसीका वुवा शेरबहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको हो।

Share.

About Author

Leave A Reply