बीरेन्द्रनगरमा ५० मिलिमिटर भन्दा धेरै बर्षा भए खतरा संकेत मान्न सकिने ।

0

सुर्खेतको बीरेन्द्रनगरमा ५० मिलिमिटर भन्दा धेरै बर्षा भएमा खतरको संकेत मान्न सकिने जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतले जनाएको छ।
जल तथा मौसम विज्ञान कार्यालय बीरेन्द्ररनगरमा लगातार दुर्इतिनदिन सम्म ५० मिलिमिटर भन्दा धेरै बर्षा भएमा खतरको संकेत मानिने बताएको छ।
बाढीपहिरोको सम्भावित खतरावारे पूर्व सूचना यन्त्रले तीन घन्टा अगाडि नै जानकारी दिने गर्दछ।
बीरेन्द्ररनगरको राजमार्ग भन्दा तल्लोक्षेत्रमा बाढि र डुबानको जोखिम अन्य ठाँउ भन्दा धेरै रहेको कार्यालयको भनार्इ छ।
यस्तै बीरेन्द्ररनगरका १२ सय भन्दा धेरै बाढी तथा डुबानबाट प्रभावित हुने अनुमान गरिएको छ।
नगरपालिकाको विपद् पुर्वतयारी तथा प्रतिकार्य योजनाले नगरभित्रका १२ सय ६५ परिवारका ५ हजार ६० जना प्रभावित हुन सक्ने जनाएको छ।
नगरमा पहिरोबाट १३ सय ६५ परिवारका ५ हजार ४० जना भन्दा धेरै प्रभावित हुने अनुमान गरिएको छ।
सुर्खेतका विभिन्न स्थानमा रहेका
विमानस्थल, इत्राम, भेरी, गोठीकाँडा, बडिडचौर, सिम्ता र चौकुनेमा स्वचालित मौसमी केन्द्रहरुले कहाँकति पानी पर्यो भन्ने जानकारी दिने गरेका छन।
सुर्खेतको रातानाङ्लामा पश्चिम नेपालकै एकमात्र मौसमी राडरले झन्डै २ सय ४० किलोमिटर सम्म मौसमको अवस्थाको बारेमा जानकारी दिने गरेको छ।
स्वचालित मौसमी केन्द्रले बर्षा, घाम, हावा, असिना मापन गर्ने भएकाले समयमै समुदायमा पूर्व जानकारी दिन सहज भएको कार्यालयको भनार्इ छ।

समसम्वन्धी पूर्व जानकारी दिने सूचना यन्त्रहरुले अझै प्रभावकारी बनाउनुपर्ने एक कार्याक्रमका सहभागीहरुले जोड दिएका छन।
जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतले बीरेन्द्रनगरमा मौसम सम्बन्धी पुर्वसुचना प्रणालीबारे कार्याक्रमका सहभागीहले यस्तो बताएका हुन।
कार्याक्रमका सहभागीहरुले कुनैपनि विकास निर्माणका संरचना निर्माण गर्दा जल तथा मौसम विज्ञान कार्यालयसंग समन्वय नगरेर योजनाहरु संञ्चालन गर्दा बाढिपहिरोको जोखिम हुने गरेको बताएका छन।
उनिहरुले अहिले स्थानियतहरुले जथाभावि रुपमा विकास निर्माण कामगर्दा धेरै जोखिम निम्तिने गरेको बताएका छन।
कार्याक्रममा बीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुबेदीले पुर्व सुचना यन्त्रले समयमै सुचना दिने भएकाले बाढि पहिरोबाट हुने क्षेती कम भएको बताउनुभयो।
उहाँले पूर्व सूचना प्रणाली जडान भएसंगै अहिले घरमै बसीबसी मौसम सम्बन्धिको जानकारी प्राप्त हुने गरेको बताउनुभयो।
प्रमुख सुबेदीले नगरपालिका क्षेत्रभित्र एसएमएस घेरा निर्माण भई बाढिसम्बन्धी सतर्कता सन्देश समेत प्रभावकारी भएको भन्दै यसले जोखिम क्षेत्रका घरबस्तिमा सुचना दिन सहज भएको बताउनुभयो।
कार्याक्रममा नेपाल रेडक्रस सोसार्इटी सुर्खेतका सभापति रामलाल आचार्यले यसअघि पूर्व तयारीको अभाबमा धेरै धनजनको क्षति भएको बताउनुभयो।
उहाँले अहिले सुर्खेतका विभिन्न क्षेत्रमा संञ्चालीत सूचना प्रणालिले समयमै सुचना दिदै गएपछि जोखिम कम हुँदै गएको जिकिर गर्नुभयो।

कार्याक्रममा जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले अहिले सुर्खेता रहेका सुचायन्त्रहरुले तिनदिन अघिसम्मको अनुमान गर्न सकिने बताउनुभयो।
उहाँले आगामी दिनमा १५ दिनसम्मको बर्षाको पूर्वानुमान गर्ने प्रविधिको ल्याउने योजनामा रहेको बताउनुभयो।
कर्णाली सहित पश्चिम नेपालमा मौसमी राडारले बाढीपहिरोको सम्भावित खतरावारे पूर्व सूचना यन्त्रले तीन घन्टा अगाडि नै जानकारी दिने गरेको दाबी गर्नुभयो।
उहाँले मौसम सम्बन्धीका गतिविधि सन्चार माध्यममा जति छिटो प्रवाह गर्न सक्यो त्यतिनै जोखीम कम हुने भएकोले पूर्वानुमानबारे जानकारी विश्वासिलो माध्यमबाट दिन संञ्चारमाध्यमहरुलार्इ आग्रह गर्नुभयो।
अन्तरक्रिया कार्यक्रममा वीरेन्द्ररनगर नगरपालिका प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकाल र बरिष्ठ अधिकृत प्रकाश पौडेल विभिन्न संघ संस्थाका प्रमुख एवम प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

Share.

About Author

Leave A Reply