बीरेन्द्रनगरले झन्डै साढे १ अर्वको बजेट ल्यायो।

0

सुर्खेतका स्थानिय तहले आगामी आर्थिक बर्षको नीति,बजेट,योजना तथा कार्यक्रम ल्याएका छन।

असार १० गते भित्र बजेट ल्याउनुपर्ने सबैधानिक व्यवस्था अनुसार धेरै जसो स्थानियतहले आज बजेट ल्याएका छन।

कोरोना महामारीका कारण सबै जसो स्थानियतहले   आगामी आर्थिक बर्षका लागी बजेट कम ल्याएका छन।

स्थानिय तहले पनि संघ, प्रदेशको सिको गर्दै कोरोना संगै कृषि, शिक्षा, स्वास्थ्य र रोगलार्इ प्राथमिकता दिदै बजेट सार्वजनिक गरेका छन।

यस्तै बीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक बर्षको लागी झन्डै साढे एक अर्व बराबरको बजेट ल्याएको छ।

नगरको सातौ सभामा कार्यवाहक नगरप्रमुख मोहनमाया ढकालले एक अर्व ४२ करोड ९९ लाखको बजेट सार्वजनिक गर्नुभएको हो।

नगरपालिकाले अघिल्लो आर्थिक बर्षमा भन्दा यो आथिर्क बर्ष झन्डै १९ करोड कम रकम विनियोजन गरेको छ।

नगरपालिकाले चालुतर्फ ९० करोड ४० लाख बजेट छुट्याएको छ भने पुँजितगतर्फ ५१ करोड ६७ लाख बजेट बिनियोजन गरेको छ।

नगरपालिकाले विगतका वर्षका धेरै कार्यक्रमलार्इ निरन्तरता दिदै कृषि, शिक्षा र स्वास्थ्यलार्इ प्राथामितकामा राखेर बजेट ल्याएको छ।

नगरपालिकाले कृषि क्षेत्रको उत्पादन वृद्धिगर्ने, कृषि साम्रगीहरु मल,बीउ,कृषि सचार्इ लगायत कृषिको बजार पुर्वधारको सुनिश्चितता गर्ने जनाएको छ।

कार्यवहाक प्रमुख ढकालले नगरभित्र उत्पादनहुने फलफुल, खाधान्न, बेमौसमी तरकारीलार्इ प्राथिमकतामा राखेर पकेटक्षेत्रको रुपमा प्रवर्दन गर्ने बताउनुभयो।

उहाँले खतियोग्य जमिन बाँझो रहन नदिने भन्दै जमिन बाँझो नराख,सक्नेलार्इ खेती गर्ने दिउँ भन्ने अभियानलार्इ आत्मसाथ गर्नेलार्इ प्रत्साहान दिने उल्लेख गर्नुभयो।

यस्तै नगरभित्र नसर्ने रोगको रोकथाम पहिचान परिक्षणलार्इ प्रभावकारी बनाउने, महिलाको पाठेघर क्यान्सर परिक्षणलार्इ सबै वडामा निशुल्क परिक्षण शिविर संञ्चादन गर्ने बजेटमा समावेश गरिएको छ।

यसैबीच नगरपालिकाले कोभिट १९ रोकथाम तथा नियन्त्रणको लागी पाँच करोड भन्दा धेरै रकम छुट्याएको छ।

नगरपालिकाले नगरक्षेत्रको समृद्धि विकासका लागी निजी क्षेत्रलार्इ प्रोत्साहन गर्दै पीपीपी मोडेलबाट विकास निर्माण अगाडी बढाउने जनाएको छ।

बीरेन्द्रनगरको सिटि बस्पार्क विस्तारलार्इ नरन्ता दिने,विगत वर्षहरुदेखि शुरु गरिएको गरुयोजनालार्इ अन्तिमरुप दिने बजेट योजना तथा कार्यक्रममा समावेश गरिएको छ।

यस्तै प्रत्येक वडामा कम्तिमा ३ लाख र नगरमा १० लाख विपद व्यवस्थापन कोष निर्माणगरी कार्यान्वयन गरिने भएको छ।

नगरभित्रका १० लाख भन्दा ठुला पुर्वाधार विकास आयोजनामा केही रकम वातावरण संरक्षणमा योग्दान पुग्ने गरि अगाडी बढार्इने भएको छ।

काँक्रेविहार क्षेत्रलार्इ पर्यटकिय क्षेत्रको विकासको रुपमा विकास गर्नको लागी चिडियाखानको रुपमा विकास गर्ने, देउतिबज्यै,बुलबुले,घन्टाघर र गढिलार्इ वातावरण मैत्री पार्कको रुपमा विकास गरिने भएको छ।

यस्तै अनिवार्य तथा निश्ल्क आधारभुत शिक्षा र माध्यामिक शिक्षामा सबै बालबालिकाको पहुँच पुर्याउन न्युनतम शैक्षिक भौतिक पुर्वाधार विकास गरिने भएको छ।

माध्यामिक विधालय संञ्चालन नभएका वडाहरुमा आवश्यक पुर्वाधार पुरा गरेकालार्इ स्तरोन्नती गरिने,एक वडा एक प्राविधक शिक्षालार्इ जोड दिर्इने भएको छ।

यस्तै लेकबेशी नगरपालिकाले ६० करोड ४० लाख बराबरको बजेट ल्याएको छ भने सिम्ताले ४५ करोड ६० लाख हाराहरीको बजेट सार्वजनिक गरेको छ।

यस्तै भेरीगंगा नगरपालिकाले ६२ करोड ८८ लाखको बजेट सार्वजनिक गरेको जनाएको छ भने सबै भन्दा कम चिङगाड गाँउपालिपकाले झन्डैं ३५ करोड बराबरको बजेट ल्याएको छ।

Share.

About Author

Leave A Reply