बीरेन्द्रनगर बजार क्षेत्रमा हर्न बजाउन नपाइने।

0

वैशाख-२६सुर्खेत।सुर्खेतमा चालु  आर्थिक बर्षमा भएका ३९ सवारी दुर्घटनामा परी २४ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेत र युएनडिपीले वीरेन्द्रनगरमा गरेको सडक सुरक्षा अभियान कार्यक्रममा ट्राफिक प्रहरीले प्रदेश राजधानी भएसंगै सुर्खेतमा सवारी चापसंगै दुर्घटनाको जोखिम बढेको जनाएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक हरिबहादुर विसीले सुर्खेतका ९ वटा स्थानलाई अति दुर्घटना हुने स्थान पहिचान गरिएको बताउनु भयो।बढि दुर्घटना हुनेमा हर्रे, सत्तरी ,ब्युरेनी ,तिनकुनेचोक ,खजुरा रहेका छन भने धरमशाला चोक, कुमाईचोक ,सिंगाड ,र हुड्के पनि बढि दुर्घटना हुने क्षेत्रमा परेकाले निगरानी बढाएको उहाँको भनार्इ छ ।चालु आर्थिक वर्षमा विभिन्न सवारी जरिवानाबाट १ करोड २७ लाख ४४ हजार रुपैयाँ संकलन भएका छ ।सुर्खेतमा अहिले २० हजार १ सय ५१ सवारी साधन सञ्चालनमा रहेको ट्राफिक प्रहरीको तथ्याँक छ ।एक जना टाफिक प्रहरीको भागमा ४ सय १९ सवारी साधन भाग पर्ने र एकजनाले २३ किलोमिटर सम्मको दुरी हेर्नु जनार्इएको छ।यस्तै ट्राफिक संचार एप्सपनि संचालनमा ल्यार्इएको भन्दै यसबाट यातायातका साधनको निगरानी सजिलो हुने जनाएको छ ।यसैबिच जिल्ला टाफिक प्रहरी कार्यलय सुर्खेतले सडक सुरक्षा अभियान अन्र्तगत बीरेन्द्रनगर ६ बजारक्षेत्र भित्र  कुनैपनि सवारी साधनलाई हर्न बजाउन रोक लगाएको छ।वीरेन्द्रनगरनगर नगर पालिका प्रमुख देवकुमार सुवेदी र सुर्खेतका प्रहरी प्रवक्ता एवम डिएसपी प्रदिप बहादुर क्षेत्री र केहि सवारी चालकहरुले हर्न निषेधको सांकेतिक वोड देखाएर यस्तो घोषणा गरेका हुन ।ट्राफिक प्रमुख बिसीले ध्वनि प्रदुषण रोक्न अबदेखि हर्न बजाउन रोक लगाएको भन्दै यसबारे १० दिनसम्म चेतनामुलुक कार्यक्रम गरिने र पछि अटेर गर्नेलार्इ जरिमाना तिराउने बताउनु भयो।यस्तै मोटरसाईकलको पछाडी बस्ने व्यक्तिले पनि अनिवार्य हेलिमेट लगाउनुपर्ने व्यवस्था गरिएको भन्दै यसमा सुरुमा विभिन्न कार्यक्रम मार्फत जानकारी गरार्इने जनाएको छ।बिसीले ६ महिनासम्म मोटरसार्इकल पछाडी बस्नेहरुलाई पनि हेलिमेड लगाउन सचेतना गर्ने र ६ महिनासम्म पनि कार्यान्वयन नभए पछि कारबाहीको शुरु गर्ने बताउनु भयो ।

 

 

Share.

About Author

Leave A Reply