बेला बेलामा बत्ति गएपनि लाेतडसेडिङ भने नभएको नेपाल बिद्युत प्राधिकरण सुर्खेतकाे भनाइ ।

0

पुष–१९सुर्खेत।साँझको समयमा सुर्खेत लगायत आसपासका जिल्लामा बेलाबेला बत्ति जाने गरेपनि लोडसेडिङ भने नभएको नेपाल बिद्युत प्राधिकरण बिद्युत बितरण केन्द्र सुर्खेतले जनाएको छ।केही दिन अगाडी बाँकेको कुसुम र कोहलपुर बिचमा पर्ने शम्शेरगंज जंगलमा जंगलि हात्तिले १ सय ३२ केभि डबल सर्किट सस्पेन्सन टाईप प्रसारण टावरमा क्षेती पुयाउँँदा माग बढी भएको समयमा बत्ति जाने गरेको वितरण केन्दले जनाएको छ।कोहलपुर सव–स्टेशनवाट बेला बेलामा लाईन परिवर्तन गर्दा बत्ति जाने गरेको वितरण केन्द्रका प्रमुख सुरज भण्डारीले जानकारी दिनु भयो।साँझ ५ बजे देखी राति १० बजे सम्म बिद्युतको माग बढी हुने भएकाले सुर्खेतमा रहेका चार वटा फिडर मध्ये आलोपालो गरेर लाईन काट्नु पर्ने बाध्यता रहेको उहाँको भनाई छ।अहिले भारतको टनकपुरवाट ल्याएको बिद्युत सुर्खेत,जाजरकोट र दैलेखमा बितरण भईरहेको भण्डारीले बताउँनु भयो।यस्तै बिद्युत सव–स्टेशन कोहलपुर शाखाले अहिले टनकपुरवाट ल्याएको ५३ मेगावाट बिद्युत पाँच नंम्बर प्रदेशको बाके बर्दिया सहित ६ र ७ नंम्बर प्रदेशमा वितरण गरीरहेको शाखाका ईलेक्ट्रिकल सुपरभाईजर ओमन बिसीले जानकारी दिनु भयो।साँझको बढी माग हुने समयमा १५ मेगावाट बिद्युत अपुग भएकाले केही समय कटौति गर्नु पर्ने बाध्यता रहेकाले लोडसेडिङका रुपमा नबुझन उहाँले आग्रह गर्नु भयो।शम्शेरगंज भएको टावरको वास्तविक क्षेती पहिचान गरी अर्को टावर बनाउँन वा अस्थायी व्यवस्था मिलाउँन प्राबिधिक टोलि खटिसकेको बताउँनु भयो।जति सक्दो छिटो समस्या समाधानका लागी काम भईरहेको सुपरभाईजर बिसीले जानकारी दिनु भएको छ। 

Share.

About Author

Leave A Reply