ब्यवस्थापिका संसदको बैठकमा युरोपेली युनियनको प्रतिवेदनको आलोचना

0

चैत–१३नेपालको निर्वाचन पर्यवेक्षण सम्बन्धी युरोपेली युनियनको प्रतिवेदनप्रति संसदमा पनि विरोध भएको छ ।संघीय संसद भवन नयाँबानेश्वरमा  बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सत्तारुढ दलका सांसदहरुले युरोपेली युनियनले आफ्नो क्षेत्राधिकार बिर्सिएर नेपालको संविधान विपरीत अभिव्यक्ति दिएको भन्दै विरोध गरेका हुन् ।नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले इयूको प्रतिवेदन सार्वभौम सत्तासम्पन्न मुलकका जनताको अपमान भएको बताउनु भयो ।माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले युरोपेली युनियनको प्रतिवेदन नेपालको आन्तरिक मामिलालाई प्रभावित गर्ने गरी आएको भन्दै आपत्ति जनाउनु भयो।नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले कसले–के प्रतिवेदन सार्वजनिक गर्‍यो भन्नेतिर नलागी संविधान कार्यान्वयनमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।मधेसकेन्द्रित दलले भने इयूको प्रतिवेदन हस्तक्षेप नभएको भन्दै समर्थन गरेका छन।राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले लोकतन्त्र र मानवअधिकारको विषयमा मानवअधिकारप्रेमी कुनैपनि देशले बोल्न सक्ने तर्क गर्नुभयो ।बैठकमा कानुनमन्त्री शेरबहादुर तामाङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७४ पेस गर्नुभएको छ।

Share.

About Author

Leave A Reply