ब्युँझिएकै बेला देखेको सपना हाे -प्रधानमन्त्री वली।

0

वैशाख-२५सुर्खेत।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देखेको सपना राति निदाएका बेला देखिनेजस्तो नभइ दिउँसै र ब्युँझिएकै बेला देखेको सपना भएको बताउनु भएको छ।विपक्षी दलहरुले ‘दिउँसै सपना देखेको’ भनेर नीति तथा कार्यक्रमको आलोचना गरेपछि प्रधानमन्त्री ओलीले संसदमा यस्तो जवाफ दिनुभएको हो ।उहाँले सरकारले देखेको सपना देश बनाउने अठोटको भएको दाबी गर्दै यसलार्इ  साकार पार्न सरकारले संकल्प र अठोट लिएको बताउनु भयो।प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्ने शब्द जानीबुझी राखेको भन्दै यसको गलत अर्थ लगाउने गरी व्याख्या गर्नु उचित नहुने तर्क गर्नुभयो।ओलीले आफ्नो नेतृत्वको सरकार पहिलो वर्षमा स्थायित्व कायम गर्न सफल भएको र सुशासनको दिशामा मुलुक अघि बढिरहेको दाबी गर्दै कृषि उत्पादन वृद्धि र उद्योग स्थापनालाई प्राथमिकता दिएको बताउनु भयो ।प्रधानमन्त्री ओलीले मुलुकमा ७६१ ओटा सरकार भएपनि ती स्वतन्त्र नभएको भन्दै यसमा बहस नगर्न सुझाव दिए ।सबै सरकार संघ मातहत कै हुने तर अधिकारका विषयमा केही विवाद भए अन्तरप्रदेश परिषद्को बैठकमा छलफल गरी समाधान गरिने उहाँको भनार्इ छ।प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको भन्दै  सुन तस्करीलगायतका विषय नियन्त्रणमा आइसकेको र सार्वजनिक जग्गा अतिक्रमण रोक्ने लगायतका विषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ।

 

 

Share.

About Author

Leave A Reply