ब्राउन सुगरसहित बीरेन्द्रनगरबाट दुइ जना प्रकाउ।

0

कार्तिक १८ सुर्खेत,अवैध लागु औषध ब्राउन सुगर सहित प्रहरीले सुर्खेतको बीरेन्द्रनगरको छुटाछुटै ठाँउबाट दुइजनालाइ प्रकाउ गरेको छ।

प्रकाउ पर्नेमा बीरेन्द्रनगर ५ चिसापानीका २६ का नविन खडका र बीरेन्द्रनगर ११ पिपिराका २४ बर्षका रमेश थापा रहेको प्रहरीले जनाएको छ।

शंकास्पद रुपमा बसिरहेको अवस्थामा  खानतलासी गर्दा खड्काको साथबाट ८०  मिलि ग्राम फेला  ब्राउन सुगर बरामद गरिएको जनार्इएको छ।

यस्तै थापालाई सार्वजनिक सडक खण्डमा  शंकास्पद रुपमा हिडिरहेको अवस्थामा  प्रकाउ गरिएको हो।

उहाँको साथबाट १ ग्राम अवैध लागु औषध  ब्राउन सुगर  बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

दुवै जनालाई जिल्ला अदालत सुर्खेतबाट म्याद गरी लागु  औषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान भैइरहेको प्रहरीको भनाइ छ।

 

 

Share.

About Author

Leave A Reply