ब्राउन सुगर सहित बीरेन्द्रनगरमा ४ जना पक्राउ।

0

असोज–२३सुर्खेत।लागु औषध ब्राउनसुगर सहित प्रहरीले सुर्खेतको बीरेन्द्रनगर बाट चार जनालार्इ प्रकाउ गरेको छ। प्रकाउ पर्नेमा बीरेन्द्रनगर १ का कृष्ण थापा, उमेश नेपाली,चौकुने गाँउपालिका वडा नं. ८ का अमर राना, टेकेन बीसी रहेको प्रहरीले जनाएको छ।उनिहरुको साथबाट १० ग्राम ३९० मिलीग्राम लागु औषध पनि बारामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।पछिल्लो समय प्रहरीले लागु औषध नियन्त्रण सकिय भएसंगै लागु औषध प्रयोग कर्ता प्रकाउ पर्ने गरेको प्रहरीले जनाएकोछ।उनिहरु बिरुद्घ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Share.

About Author

Leave A Reply