भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको भन्दै नेपाल भलिबल संघले पूर्वप्रधानमन्त्री दाहाललाई सम्मान गर्यो ।

0

साउन–१६।भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको भन्दै नेपाल भलिबल संघले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्मान गरेको छ। दाहालको निवास लाजिम्पाटमा आज आयोजित कार्यक्रममा संघका पदाधिकारीले दाहाललाई सम्मानपत्र प्रदान गरेका हुन।नेपालको आफ्नै राष्ट्रिय खेल नभएका सन्दर्भमा दाहाल नेतृत्वको सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेको हो।माओवादी केन्द्रका दाहालले भलिबललाई राष्ट्रिय खेलका रुपमा स्थापित गर्न राज्यले अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता, खेलाडीको विकास र पूर्वाधार निर्माणमा विशेष ध्यान दिन जरुरी रहेको उहाँले बताउनु भयो। संघका अध्यक्ष मनोरञ्जन शर्मा नेतृत्वको टोलीले राष्ट्रिय खेलको मान्यतासंगै नेपालको भलिबल खेलमा गुणात्मक प्रगति हुने विश्वास व्यक्त गर्नुभयो।

Share.

About Author

Leave A Reply