भाद्रकृष्ण औंसी घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदै।

0

भदौ -१३ सुर्खेत ।आज भाद्रकृष्ण औंसी पर्व , घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यकालागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् ।कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।वैदिक सनातन हिन्दू धर्मावलम्बी कुशतुलसीपीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन्।आजकै दिन छोराछोरीहरू आआफ्ना बुबालाई मनपर्ने मिठार्इ फलफूल लगाएत खानेकुरा तथा बिभिन्न उपहार दिएर  आदर सम्मान प्रकट गर्छन् ।यसैकारण आजको दिनलाई बाबुको मुख हेर्ने’ दिन र पितृ दिवस समेत भनिन्छ ।यसैगरी बुबा नहुनेहरुले बुबाको नाममा तर्पणश्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ।

Share.

About Author

Leave A Reply