भारतीय सीमा सुरक्षा बलले गोली हानी हत्या गरेका शहीद गोविन्द गौतमका परिवारलाई सरकारद्रारा पूर्वघोषित १० लाख प्रदान .

0

चैत १३-कञ्चपुरको पुनर्वास नगरपालिकामा भारतीय सीमा सुरक्षा बलले गोली हानी हत्या गरेका शहीद गोविन्द गौतमका परिवारलाई सरकारले पूर्वघोषित १० लाख प्रदान गरेको छ ।गृहमन्त्री बिमलेन्द्र निधिले शहीरको घरमा पुगेर परिवारलाई भेटी सरकारकातर्फबाट राहत रकम प्रदान गर्नुभएको हो। कांग्रेस नेता समेत रहनुभएका निधिले नेपाली कांग्रेसको तर्फबाट छुट्टै ७ लाख राहत पनि प्रदान गर्नुभएको छ ।शहीद परिवारलाई यसअघि नेकपा एमालेले ५ लाख र माओवादी केन्द्रले ६ लाख राहत प्रदान गरेका थिए ।गृहमन्त्री निधिले घटनास्थल अवलोकन गर्दै भारतले यस घटनाप्रति माफी माग्नुपर्ने र पीडितलाई राहत रकम दिनुपर्नेबताउनु भयो ।उहाँले सरकारी घोषणा अनुसार गौतमका छोरीहरुलाई उच्चशिक्षासम्म निःशुल्क उपलब्ध गराउने र शहीदपत्नी लक्ष्मीलाई सरकारी जागीर दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।यहि घटनामा गम्भीर घाइते भइ धनगढीमा उपचार गराइरहेका टिकाराम चापागाईंलाई थप उपचारका लागि गृहमन्त्रीले काठमाडौं लैजानु भएको छ  ।नीधिले नेपाली कांग्रेसका तर्फबाट  घाइते चापागाईंलाई पनि १ लाख राहत उपलब्ध गराउनु भएको छ ।यसैबीच शहीद गौतमका परिवारलाई नेपाल बिद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ६ ले ४ लाख राहत प्रदान गरेको छ। नेविसंघले घाइते चापागाईंलाई पनि १ लाख २० हजार १०१ रुपैयाँ सहयोग गरेको छ ।

 

Share.

About Author

Leave A Reply