भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द।

0

चैत -१० सुर्खेत।सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले दुवै देशतर्फका सीमा नाका आज बिहान दश बजेदेखि लागू हुनेगरी एक हप्तासम्म बन्द गर्ने निर्णय गरेको हो।

कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले एकतर्फी रुपमा भारतसँगको सीमा नाका बन्द गर्नुपर्ने विचार राखेका थिए।

भारतले  मध्यरातिबाट लागू हुनेगरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेलगत्तै मन्त्रिपरिषद बैठकले एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो।

यो निर्णय कार्यान्वयनसँगै नेपाल ‘लकडाउन’ हुनेछ।

हिजो मध्यरातबाट नै नेपाल भित्रिने अन्तर्राष्ट्रिय उडानहरुमा रोक लगाइसकेको छ। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै एक चैत ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने घोषणा गर्नुभएको थियो।

यस्तै आज देखी एक जिल्लाबाट अर्को जिल्ला चल्नेमा सवारी साधनमा रोक लागईएको छ।

Share.

About Author

Leave A Reply