भेरीबबई डाइभर्सनको काम चार बर्षभित्र सक्ने आयोजनाको दाबी।

0

असाेज८-सुर्खेत।राष्ट्रिय गौरवको आयोजना भेरी बबई बहुउदेश्यीय डाइभर्सनको दोस्रो चरणको काम अहिले भर्इरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ३ गते १२ किलोमिटर २ सय मिटर सुरुङको उद्घाटनसँगै पहिलो चरणको कार्य सम्पन्न भएको थियो।

दोस्रो चरणको आयोजना निर्माणका लागि गत साउन १३ गते दुर्इवटा चिनियाँ कम्पनीसँग सम्झौता गरेर कम्पनीले काम पनि शुरू गरि सकेको छ।

कम्पनीसँग आयोजनाले ६ अर्ब १६ करोड ५२ लाख रुपैयाँ बराबरको पूर्वाधार विकास गर्ने गरी सम्झौता गरेको छ।

आयोजनातले  अवको चार बर्ष भित्र सबैकाम सम्पन गरेर ४६ मेघावाट बिजुली निकाल्ने लक्ष्य लिएको छ।

आयोजनाका इन्जिनीयर शम्भुराज पण्डितले दुई कम्पनीले पुलसहितको ब्यारेज, ट्यांकी र पावर हाउस बनाउने बताउनुभयो।बार्इट १

भेरी तथा बबई करिडोरमा रहेका प्रभावित जनताका लागि विभिन्न आयोजना बनाइरहेको दाबी गर्नुभयो।

आयोजनाले डुबान क्षेत्रमा पर्ने जग्गा धनीलाई प्रतिरोपनी दश लाख मुआब्जा दिने गरी कार्य अघि बढाइएको उहाँको भनाइ छ। बार्इट २

प्रभावित क्षेत्रका जनता भेरी करिडोर अन्तर्गत ६० करोड तथा बबई करिडोर अन्तर्गत २५ करोड रुपैयाँ विनियोजन भइसकेको छ।

आयोजनाले ड्याम निर्माण स्थानमा १२ मेघावाट बिजुली निकाल्न सकिने उहाँले बताउनु भयो ।बार्इट २

उहाँले सरकारले आयोजनाबाट निर्माण गर्न चाहेपनि आफुहरु तयार रहेको बताउनुभयो।

आयोजनाले बाँके र बर्दियाका ६० हजार हेक्टर जमिनमा सिंचाइ सुविधा र ४८ मेगावाट विद्युत उत्पादन लक्ष्य राखिएको छ।

Share.

About Author

Leave A Reply