भेरी बबई डाइभर्सनमा उचित मुआब्जा नदिए आन्दोलन गर्ने प्रभावितको भनाइ ।

0

भदाै-२५ सुर्खेत।राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावितहरुले उचित मुआब्जा नदिए आन्दोलन गर्ने बताएका छन ।

उनीहरुले स्थानीयसँग छलफलै नगरी एकलौटी ढंगले मुआब्जा निर्धारण गरिएको भन्दै विरोध गरेका हुन् ।

आफूहरुले जिल्ला प्रसासन कार्यालयमार्फत् मालपोत कार्यालयलाई ध्यानाकर्षणपत्र बुझाएपनि कुनै सुनुवार्इ नभएको उनीहरुको गुनासो छ ।

जग्गाधनी समन्वय समितिका अध्यक्ष समेत रहेका हरिमान घलेले दर्ता जग्गाको निकै कम  मुआब्जा तोकेपनि ऐलानी जग्गाबारे निर्णय नगर्दा अन्यौलता बढेको बताउनु भयो।

बाँध निर्माणस्थल क्षेत्रमा दुई दशकदेखि १८ परिवार भन्दा बढी ऐलानी जग्गामा बसिरहेका छन् ।

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले बाँध निर्माणस्थल सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकबेंसी नगरपालिकामा १६ हेक्टर जग्गा अधिग्रहण प्रक्रिया थालेको छ ।

मुआब्जा निर्धारण समितिको साउन २९ गतेको बैठकले प्रतिकट्ठा न्यूनतम ४ लाख ५० हजारदेखि १० लाख रुपैयाँसम्म तोकेपनि आफूहरुसंग छलफलै नगरेको प्रभावितको गुनासो छ ।

आयोजना कार्यालयले अधिग्रहण हुने एकसय घरपरिवारको १६ हेक्टर क्षेत्रका जग्गा अधिग्रहण गर्दा करिब २५ करोड तिर्नुपर्ने जनाएको छ ।

आयोजनाकालागि अरु १४ हेक्टर ऐलानी जग्गा पनि अधिग्रहण गर्नुपर्ने भएपनि यसमा  मन्त्रिपरिषद्को निर्णय नभएकोले समस्या भएको आयोजना कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद उपाध्यायले बताउनु भयो ।

पहिलो चरणमा सुरुङ निर्माणको काम सकिएपछि अहिले दोस्रो चरण अन्तर्गत सिभिल निर्माणको कामको सम्झौता भइसकेको छ ।

Share.

About Author

Leave A Reply