भेरी बबई डाइभर्सन आयोजना अगाडि बढाउन कम्पनी स्थापना गरिने।

0

असाेज १६-सु्र्खेत।सरकारले बहुउद्देश्यीय भेरी बबई डाइभर्सन आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाइ नेपाली जनतालार्इ लगानीको अवसर लिने जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सङ्घीय सरकार, कर्णाली प्रदेश सरकार र स्थानीय सरकारको समेत लगानी रहने गरी कम्पनी स्थापना गर्ने निर्णय भएको बताउनु भयो।

उहाँले अब आयोजना अगाडि बढाउन कम्पनी स्थापना गरिने बताउनु भएको छ ।

सुर्खेत र बर्दियामा पर्ने यो आयोजनाको कूल १२ दशमलव दुई किलोमिटर लामो सुरुङ निर्माण भइसकेको छ।

तीनवटै सरकारको ५१ प्रतिशत र स्थानीय सहित आम नेपाली नागरिकको ४९ प्रतिशत शेयर रहने निर्णय भएको मन्त्री पुनको भनार्इ छ ।

मन्त्री पुनले सङ्घीय सरकारको २६ प्रतिशत, कर्णाली प्रदेश सरकारको २० प्रतिशत र स्थानीय सरकारको पाँच प्रतिशत शेयर स्वामित्व रहने बताउनु भयो।

सरकारले यो आयोजनालाई ‘जनताको जलविद्युत् कार्यक्रममा’ समेत समावेश गरिसकेको छ।

यस्तै कर्णाली प्रदेशका नागरिकको १० प्रतिशत, आयोजना प्रभावित क्षेत्रका १० प्रतिशत र आम नेपालीको २९ प्रतिशत शेयर रहने गरी लगानी ढाँचा रहने गरी प्रस्ताव गरिएको छ ।

यो आयोजनाबाट बर्दिया र बाँकेको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउने र ४६ दशमलव .८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

Share.

About Author

Leave A Reply