मंसीर ६ गतेदेखि बीरेन्द्रनगरमा रारा राष्ट्रिय नाटक महोत्सव हुने।

0

कात्तिक ११ सुर्खेत।आउँदो मंसीर ६ गतेदेखि १० गतेसम्म सुर्खेतको बीरेन्द्रनगरमा हुन लागेको रारा राष्ट्रिय नाटक महोत्सवको सचिवालय र सम्पर्क कार्यालय विधिवत् उद्घाटन गरिएको छ।सचिवालय बीरेन्द्रनगर ७ इत्राममा रहेको आरङ्ग नेपालको कार्यालयको खोलिएको मुल आयोजक समितिका संयोजक गणेशभक्त गौंतमले जानकारी दिनुभयो।यस्तै सम्पर्क कार्यालय भने बीरेन्द्रनगर ६ बुद्दपथमा रहेको कर्णाली कला प्रतिष्ठानको कार्यालयमा स्थापना गरिएको छ।पश्चिम नेपाल मै पहिलो पटक कर्णाली प्रदेसको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा हुन लागेको राष्ट्रिय नाटक महोत्सवमा प्रत्येक प्रदेसबाट दुर्इदुर्इ गरी १४ वटा नाटक देखार्इने छ।यस्तै अप्रतियोगिरुपमा मुल आयोजक सांस्कृतिक संस्थानको एउटा र स्थानिय व्यवस्थापकका तर्फबाट एउटा नाटक प्रर्दशन हुनेछ।विभिन्न प्रदेसमा रहेका मौलिक बिषयवस्तुमा नाटक प्रर्दशन हुने भएकाले यसले मौलिक नाटकको प्रचार प्रसार गर्नुका साथै यसबारे अनुभवन आदान प्रदान गर्न सहयोग पुग्ने आयोजकको भनार्इ छ।यस्तै यसैअवसरमा स्वदेशी र सार्क मुलुकका नाट्य बिज्ञहरु समेतको सहभागितामा कार्यशाला पनि गरिने छ।यसैगरी महोत्सवबाट केहि रकम बचाएर बीरेन्द्रनगरमा नाट्य घर स्थापना गर्ने उदेश्य पनि रहेको छ।महोत्सवमा करिब ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ भने यसको आधा आयोजक सांस्कृति संस्थान र आधा स्थानिय व्यवस्थापकले जुटाउने छन।

Share.

About Author

Leave A Reply