मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत प्रादेशीक अस्पतालमा रुपान्तरण।

0

कात्तिक १४ सुर्खेत। सुर्खेतको बीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रादेशीक अस्पतालमा रुपान्तरण गरिएको छ।कर्णाली प्रदेश सरकारले मध्यपश्चिम क्षेत्रीय अस्पतालाई आफू मातहतमा ल्याएर प्रदेश अस्पताल बनाएको हो।प्रदेश अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले अब प्रदेश अस्पताललाई पाँच सय शैयाको बनाउने योजना बनाएको बताउनुभयो।उहाँले प्रदेश अस्पताललार्इ शिक्षण अस्पतालको रुपमा विकास गर्ने लक्ष्य रहेको भन्दै अस्पतालको नाम परिवर्तन भएसँगै अस्पतालले दिने सेवा सुविधामा प्रभावकारी बाउन आफूहरु प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो। सरकारले यस आर्थिक वर्षमा कर्णालीका पाँच वटा जिल्लामा ५० शैया र पाँच वटा स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माणका लागि बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो।प्रदेश अस्पतालका प्रमुख डा डम्बर खड्काले नागरिकहरुलाई सर्वसुलभमा स्वास्थ्य सेवा दिनका लागि सरकारले जनशक्ति र भौतिक संरचनामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो।उहाँले अहिले दरबन्दी अनुसार डाक्टर नुहँदा विशेषज्ञ सेवा दिन समस्या भइरहेको बताउनुभयो।२०६२ फागुन ७ मा ५० शैयाको जिल्ला अस्पताललाई क्षेत्रीय अस्पतालमा विकास गरेको अस्पताललाई अहिले प्रदेश अस्पताल बनाइएको हो।अहिले अस्पतालले १ सय १५ शैयाबाट सेवा दिइरहेको छ।

Share.

About Author

Leave A Reply