मध्यपश्चिमाञ्चल विश्वविद्यालयले १० वटा आंगिक क्याम्पसलाइ ३० लाख दियाे

0

फागुन–२८ सुर्खेत।मध्यपश्चिमाञ्चल विश्वविद्यालयले १०वटा आंगिक क्याम्पसको प्रक्रियामा रहेका सामुदायिक क्याम्पसहरूलाई पहिलो किस्ता वापत ३० लाख एक कार्यक्रमका बीच सम्बन्धित क्याम्पस प्रमुखहरूलाई हस्तान्तरण गरेको छ ।विश्वविद्यालय अनुदान आयोगले पुर्बधार विकासका लागि छुट्याइएको ८० लाख मध्ये / प्रत्येक क्याम्पसका क्याम्पस प्रमुखहरूलाई ३० लाखको चेक प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ।चेक हस्तान्तरण गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले आंगिकको प्रक्रियामा रहेका क्याम्पसहरूको चलअचल सम्पति विश्वविद्यालयको नाममा हस्तान्तरण गर्ने प्रक्रिया अगाडी बढाउने निर्देशन दिनुभयो।यस्तै रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले विश्वविद्यालय मार्फत उच्च शिक्षाको समानुपातिक दायित्व यस क्षेत्रमा पुरयाउन आंगिक क्याम्पस बनाउने प्रक्रिया अगाडी वढेको बताउनु भयो।

Share.

About Author

Leave A Reply