मध्यपश्चिम विश्वविधालयमा फेरी तालाबन्दीः

0

साउन २४ सुर्खेत- नियम विपरित सम्बन्धन दिन खोजेको भन्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालमा फेरी पनि तालाबन्दी भएको छ।
विभिन्नद विधार्थीसंगठनहरु द्घावारा निजी क्याम्पसलाई सम्बन्धन दिन थालेको भन्दै तालाबन्दी गरिएको बिधार्थीहरुले विरोध गरेका छन्।
पटक- पटक विश्वविद्यालयमा यस्ता माग राख्दै प्रशासनमा तालाबन्दी गरे पनि विश्वविद्यालयले विद्यार्थीको मागलाई ध्यान नदिई बेवास्ता गरेको उनीहरुको आरोप छ।
उनिहरुले विश्वविद्यालयका पदाधिकारीले आफूखुशी क्षेत्रा अधिकार भन्दा बाहिरका क्यामपसहरुलाइ सम्धन्धन दिन खोजेको भन्दै दबाब मुलक अभियान थालेको जनाएका छन।
बिधार्थी संगठनहरुले नीजि संस्थालाई सम्बन्धन दिएर पदाधिकारी व्यापारमा लागेको भन्दै आफुहरु त्यसको विरोधमा लागेको बताएका छन।
यसअघि विश्वविद्यालयलाई आफ्नो भौगोलिक क्षेत्रभन्दा बाहिर गई सम्बन्धन नदिन तथा आंगिक क्याम्पसमा कार्यक्रम सञ्चालन नहुँदै कुनै पनि क्याम्पसलाई सम्बन्धन नदिन आयोगले ध्यानाकर्षण गराएको थियो।
यता विश्वविद्यालयले प्रशासनले भने आफैमा आत्मनिर्भर र गुणस्तरिय शिक्षाको लागी सम्बन्धन दिन लागिएको जनाएको छ।

Share.

About Author

Leave A Reply