मप विश्वविद्यालयका विधार्थीहरुले केन्द्रीय कार्यालयमा तालाबन्दी गरे।

0

साउन २१ सुर्खेत,विभिन्न ११ बुँदेमाग राख्दै आएका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विधार्थीहरुले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन।

स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी संगठनले विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यालयमा तालाबन्दी कार्यालय, रजिष्ट्रारको कार्यालय र लेखा शाखामा तालाबन्दी गरिएको बताएका छन।

उनिहरुले विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले वृद्धि गर्ने भर्ना शुल्कमा खारेज गर्नुपर्ने,त त्काल स्ववियुको निर्वाचन घोषणा गर्नुपर्ने, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी र प्राध्यापकहरूको दोहोरो सुविधा खारेज गर्नुपर्ने माग राखेका छन।

यसअघि स्ववियु विद्यार्थी संगठन र इन्जिनियरिङ संकायका विद्यार्थीसँग गरिएका सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै साउन १ गते रजिष्ट्रारलाई ज्ञापनपत्र बुझाएका थिए।

विधार्थीहरुले राज्यसत्ताको दुरुपयोग गरी आन्दोलनलार्इ प्रभावित बनाउन खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएका छन।

स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष झक्क शाहीले आफ्ना मागहरू पूरा नगरेसम्मका लागि ताला नखोलिने बताउनुभयो।

स्ववियु अध्यक्ष शाहीले २० दिन सम्मपनि आफुहरुको मागको बारेमा विश्वविधालयका पदाधिकारी गभ्भिर नभएको भन्दै बाध्यभएर तालाबन्दीमा उत्रिउनु परेको बताउनुभयो।

आफ्ना मागहरू पूरा नभए भोलीदेखि विश्वविद्यालयका पदाधिकारहरूको सवारी साधनमा अनिश्चितकालका लागि बन्द गर्ने शाहीले बताउनुभयो।

 

Share.

About Author

Leave A Reply