मल पाउन नसकेको सुर्खेतका किसानको गुनासो।

0

सुर्खेत-साउन २७,सुर्खेत मलको अभाव भएको छ।

गतबर्षको तुलनामा यसबर्ष झन्डै साढे २ मेटिक्टन कम मल आएकाले यस क्षेत्रका किसानहरुले मल पाउन नसकेका हुन।

सुर्खेतमा यसबर्ष कृषि साम्रागी केन्द्रले करिब साढे ११ सय मेटिक्टन मल सहकारी मार्फत किसानहरुलार्इ वितरण गरेको जनाएको छ।

अघि बर्ष साम्रगी केन्द्रले झन्डै १२ हजार मेटिक्टन मल किसानहरुलार्इ उपलब्ध गराएको जनाएको छ।

यस्तै साल्ट टेर्निङले करिब साढे ८ क्विटल मल वितरण गरेको जनाएको छ भने अघिल्लो बर्ष साढे १२ बजार मल वितरण गरेको थियो।

कृषि साम्रगी केन्द्रले ५७ र साल्ट टेर्निङले ६५ वटा सहकारी मार्फत सुर्खेतमा मल विक्रिवितरण गर्दै आएका छन।

कृषि साम्रगी केन्द्रले युरिया ७ सय मेक्टिन, डिएपि ४ सय र पोटस २१ मेक्टिटन वितरण गरेको जनाएको छ।

केन्द्रले सुर्खेत,दैलेख र कालिकोटमा मल वितरण गर्दै आएको छ।

देशभर नै यो बर्षमलको अभाव रहेको कृषि साम्रगी केन्द्रका प्रमुख टोपाराम गौतमले जानकारी दिनुभयो।

उहाँले यो अघिल्ला बर्षहरुमा ७ लाख मेक्टिन भन्दा धेरै मल आयत हुनेमा यसभर देशभर ३ लाख मात्र मल आएकाले मलको अभाव भएको बताउनुभयो।

 

 

 

 

Share.

About Author

Leave A Reply