महाधिवेशन प्रतिनिधिको दुइदिने प्रशिक्षण सम्पन्न।

0

भदौ ७ -सुर्खेत।नेपाली काँग्रेसको कर्णाली प्रदेशस्तरिय महाधिवेशन प्रतिनिधिको दुर्इदिने प्रशिक्षण कार्यक्रम समपन्न भएको छ।केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनमा हिजो देखी कर्णालीको राजधानी बीरेन्दनगरमा कार्यक्रम शुरु भएको हो।प्रतिष्ठानले पार्टीलाई जागुरुक बनाउन कर्णाली सहित देशभरनै प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ।पहिलो चरण अहिले सम्म तिनवटा प्रदेशमा प्रशिक्षणमा समपन्न गरेको छ भने बाँकि प्रदेशमा दोस्रो चरणमा प्रशिक्षण कार्यक्रम गर्ने काँग्रेसले जनाएको छ।काँग्रेसका साङ्गठनिक संरचना, राजनीतिक, आर्थिक प्रस्ताव दृष्टिकोण, जनतासँग सम्पर्कलागतका बारेमा प्रशिक्षण दिर्इएको छ।प्रशिक्षण कार्यक्रमको समापन्न गर्दै सभापति शेरबहादुर देउवाले कुरा भन्दा काम गरेर जनताको सेवामा लाग्न पाटीका नेता तथा कार्यक्रतालार्इ आग्रह गर्नुभएको छ।उहाँले कम्युनिष्टका गतिविधिका कारण जनतामा निराश थपिको भएको भन्दै अव जनताको घरघरमा गएर सेवा गर्न आग्रह गर्नुभयो।सभापती देउवाले पाटी भित्र अनुशासनको जरुरी रहेको भन्दै पाटीको विधि विधानमा रहेर काम बढ्न सबैलार्इ आब्हान गर्नुभयो।उहाँले काँग्रेसकै नेतृव्वमा ठुला ठुला उपलब्धीहरु भन्दैको स्मरण गर्दै अब अन्तिम लडार्इ कम्युनिष्टहरु संगहुने बताउनुभयो।उहाँले पाटीभित्रको आन्तरिक चुनावको कारण मुटमुटाव हुने गरेको भन्दै प्रजातान्तिक अभ्यासमा यो हुन स्भाविकनै रहेकाले यसप्रति निराश नहुन नेता कार्यकर्तालार्इ आग्रह गर्नुभयो।कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले प्रशिक्षण कार्यक्रमले उत्साह थपेको भन्दै अव आफुहरुले सिकेका कुराहरु गाँउ गाँउमा लैजान नेता कार्यक्रतालार्इ आग्रह गर्नुभयो।उहाँले एक आपसमा आरोप प्रत्यरोप लगाउने समय नरहेको भन्दै जनताको माझमा गएर आफन्नो सिद्धान्त प्रष्ट पार्न आग्रह गर्नुभयो।कार्यक्रममा महामन्त्री शंशाक कोर्इरालाले पाटी नेतृव्वलार्इ एकठाँउमा ल्याउने काम आफ्नो भएको भन्दै पाटीलार्इ एक नबनाएसम्म आफुले विश्राम निलिने ठोकुवा गर्नुभयो।उहाँले दुर्इहार्इको सरकारले महंगी, भ्रष्टचार, लुटपाट, मच्चाएको भन्दै अव जनातले सरकार भएको महशुस गर्न छाडिसकेको उल्लेख गर्नुभयो।यस्तै अर्का महामन्त्री पुर्णबहादुर खड्काले अहिले पाटी भित्रभएका समस्याहरुलार्इ छलफलका माध्यबाछ समाधान गरेर अगाडी बढ्नुको विकल्प नभएको बताउनुभयो।उहाँले अहिलेको सरकारप्रति जनतामा धेरै निराशा छाएको भन्दै निशारालार्इ विश्वासामा परिवर्तन गर्ने जिम्मेवारी काँग्रेसको काँधमा आएको तर्क गर्नुभयो।कर्णाली प्रदेशका संसदिय दलका नेता जिवनबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका करिब २ सय ५० जना भन्दा धेरै प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

Share.

About Author

Leave A Reply