महिलाहरुको पहुच विषयक अन्तरक्रिया कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न ।

0

१२ पुष सुर्खेत ।  स्थानीय स्तरमा प्रदान गरिने विभिन्न सेवामा महिलाहरुको पहुच विषयक अन्तरक्रिया कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।मानव अधिकारका लागि महिला, एकल महिला समुह सुर्खेतले आयोजना गरेको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागी महिलाहरुले नागरिकता लिनका लागि स्थानीय तहबाट सिफारीस लिन समस्या भएको गुनासो गरेका छन् । संकल्पको सहयोगमा भएको अन्तरक्रिया एकल महिला समूह सुर्खेतका अध्यक्ष शितलसिंह राठौरको अध्यक्षतामा सम्पन्न भएको हो ।अन्तरक्रियामा एकल महिला समुह सुर्खेतका सल्लाहकार रामकुमारी थापाले स्थानीय तहले महिलालाई दिने सेवा सुविधाका विषयमा छलफल पत्र प्रस्तुत गर्नुभएको छ ।

Share.

About Author

Leave A Reply