महिला तथा बालबालिकामाथि हुने हिंसा सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले पारित।

0

भदौ ९।प्रतिनिधिसभाले महिला तथा बालबालिकामाथि हुने हिंसा सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।सदले महिलामाथि हुने हिंसा, शोषण, विभेद गर्ने अपराधीहरुलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न र पीडितहरुको उपचार, क्षतिपूर्ति तथा सामाजिक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।यस्तै संविधान र कानुनले महिलालाई दिएका हक अधिकारका विषयमा देशब्यापी रुपमा जनचेतनामूलक कार्यक्रम चलाउन र त्रुटीपूर्ण सामाजिक मूल्य मान्यता, अन्धविश्वास विरुद्धका कानुनी व्यवस्थालाई पाठ्यक्रममा समावेश गर्न पनि संसदले निर्देशन दिएको छ।संसद सचवालयले  संकल्प प्रस्ताव मार्फत सरकारलाई निर्देशन दिएको जनाएको छ ।संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै केहि सांसदहरुले महिला हिंसा रोक्न संबिधान संशोधरन गरेर भएपनि बलात्कारको कसूरमा मृत्युदण्डसम्मको सजाय राख्नुपर्ने माग समेत गरेका छन ।महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले संसदले संकल्प प्रस्ताव मार्फत दिएको निर्देशन अनुसारको काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ  ।महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्न कानूनको प्रभावकारी कार्यान्वयन गर्ने, हिंसा पीडितलाई क्षतिपूर्ति र सामाजिक परिपूरणको व्यवस्था मिलाउने उहाँको भनार्इ छ ।नेकपा सांसद विन्दा पाण्डेले अघिल्लो अधिवेशनताका चैत्र दोस्रो साता संसद सचिवालयमा दर्ता गराएको यो प्रस्ताव ५ महिना पछि प्रतिनिधिसभाको कार्यसूचीमा चढेको हो ।

Share.

About Author

Leave A Reply