महिला साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात।

0

फागुन २९सर्खेत।महिला साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको। घरेलु मैदानमा आजदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालले उद्घाटन खेलमा भुटानलाई ३–० गोल अन्तरले पराजित गरेको हो। नेपालको जितमा कप्तान निरु थापा, साबित्रा भण्डारी र मन्जली योञ्जनले समान एक एक गोल गर्नुभयो।विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमा दुई गोल गरेको हो। दोस्रो हाफमा थप १ गोल गरेको थियो।समुह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल बंगलादेशसँग आगामी चैत २ मा खेल्नेछ।

Share.

About Author

Leave A Reply