मानव तस्करीको आरोपमा रुपैडिहामा चार जना पक्राउ

0

चैत–२७बाँके।नेपालबाट भारत तर्फ मानव तस्करी गर्दै आएको आरोपमा भारतिय सिमा सुरक्षा बल एसएसबीले चार जनालार्इ नियन्त्रणमा लिएको छ ।उनीहरुलार्इ १८ जना बालक सहित रुपईडिहाबाट नियन्त्रणमा लिएको एसएसबीले जनाएको छ।तीन वटा समूह बनाएर छुट्टाछुट्टै रुपमा भारत तर्फ लैजाँदै गर्दा उनीहरु पक्राउ परेका हुन।पक्राउ परेका बाँके बनकट्टी बस्ने अहमद हुसेनसंग नेपाली नागरिकता र भारत गुजरातको आधारकार्ड बरामद भएपछि  छुट्टै अनुसन्धान अघि बढाइएको एसएसबीले जनाएको छ।१८ जना बालक र ३ जना आरोपितलार्इ  जमुनाहा प्रहरीको रोहबरमा माइती नेपालको जिम्मा लगाइएको छ ।उनीहरुले बालकलाई भारतीय क्षेत्रको उत्तराखण्ड तर्फ लैजान लागेको अनुसन्धानबाट खुलेको एसएसबीले जनाएको छ ।

Share.

About Author

Leave A Reply