मालपोत कार्यालय दैलेखमा घुस रकम लिएको आरोपमा दुई जना प्रकाउ।

0

कार्तिक ४, सुर्खेत मालपोत कार्यालय दैलेखमा घुस रकम लिएको आरोपमा दुई जनालाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ।

सेवाग्राहीबाट घुस माग्ने सुचनाको आधारमा खरिदार भुवनेश्वर खनाल र लेखापढी व्यवसायी धनबहादुर बुढालाई अख्तियारले अनुसन्धान आयोग सुर्खेतले जनाएको छ।

काम गराइदिन भनी लिएको पाँच हजार सहित उनिहरुलार्इ नियन्त्रणमा लिर्इएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले जानकारी दिनुभयो।

यसबारे थप अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जनाएको छ ।

मालपोत कार्यालयमा धेरै रकमको चलखेल हुनेगरेकाले अख्तियारले छापा मारेको जनाएको छ।

Share.

About Author

Leave A Reply