मालपोत कार्यालय सुर्खेतका २ जना कर्मचारी पक्राउ।

0

चैत–२८सुर्खेत।कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगरमा मालपोत कार्यालयलका २ जना कर्मचारी २ लाख घुस रकम सहित रगेहात पक्राउ परेका छन्।पक्राउ पर्नेमा मालपोत कार्यालयका खरिदार धर्मराज सुवेदी र ओम बहादुर सुनार रहेकाछन् ।उनिहरूलाइ कार्यकक्षबाटै २ लाख घुस रकम सहित रंगेहात पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सुचना अधिकारी मेघनाथ सापकोटाले बताउनु भयो।सेवाग्राहीबाट घुस रकम मागेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताउनु भयो।मोहानी हक छुट्याउने क्रममा सेवाग्राहीबाट उनीहरूले घुस रकम मागेका थिए।पक्राउ परेका दुवै जनालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

Share.

About Author

Leave A Reply