मुम्बई इण्डियन्स आईपीएल किक्रेटको फाइनलमा प्रवेश।

0

वैशाख-२५सुर्खेत।मुम्बई इण्डियन्स आईपीएल किक्रेटको फाइनलमा प्रवेश गरेको छ।चेन्नेर्इमा भएको पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराउँदै मुम्बई फाइनलमा पुगेको हो।टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै १३१ रन बनाएको थियो।अम्बाती रायुडुले अविजित ४२ रन बनाउनुभयो भने महेन्द्रसिंह धोनीले अविजित ३७ रन बनाउदाँ मुरली विजयले २६ रन जोडनुभयो। १३२ रनको लक्ष्य मुम्बईले ९ बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्यो।मुम्बईका लागि सूर्यकुमार यादवले अविजित ७१ रनको बनाउदाँ इशान किसनले २८ तथा हार्दिक पाण्ड्याले १३ रन जोड्नुभयो।जितसँगै मुम्बई फाइनलमा प्रवेश गरेको छ भने चेन्नईले दोस्रो मौका पाएको छ।यस्तै आज सनरार्जस हैदराबाद र दिल्ली क्यापिटल्स बीचको प्रतिस्पर्धा हुने भएको छ।

Share.

About Author

Leave A Reply