मृगाैला पिडीतकाे याचनाः मलार्इ बचाउँनुहाेस

0

सुर्खेत, पुस १६ –दुई मृर्गौला विग्रिएर उपचारको क्रममा रहनु भएका दैलेख भगवतीमाई गाउँपालिका–१ पगनाथका हस्तराज अधिकारीको परिवारले सहयोगको याचना गर्नु भएको छ।तीन वर्षदेखि मृगौलामा समस्या देखिएका अधिकारीलाई काठमाडौंको वीरअस्पतालमा उपचारका लागी भर्ना गरीएको छ।आर्थिक अवस्था कमजोर भएकाले उपचार हुन नसकेको उहाँका भाई दुर्गराज अधिकारीले दुखेसो पोख्नु भयो।
दुबै मृर्गौला दिन व्यक्ति तयार भए पनि उपचारमा लाग्ने रकमको समस्या रहेको अधिकारीले बताउँनु भयो।
उपचारका लागि भारतको लखनौंमा उपचार गराउँदा परिवारसँग भएको रकम सकिएपछि उहाँलाई उपचार गराउन रकम अभाव भएको हो ।२५ बर्षिय अधिकारीको दुबै मृगौला खराब भई उपचारमा अर्थिक समस्या भएर जीवन सङघर्षको अवस्थामा रहेको हुँदा जीवन रक्षाको लागि मानविय नाताले सक्दो सहयोग गरिदिन अपिल गर्नु भएको छ।सहयोग गर्न चाहानेहरुले उहाँका अंकल भवानीप्रसाद अधिकारीको मोबार्इल नंम्बर ९८४८१ ६६ ७७७ मा सम्पर्क गरिदिनुहुन श्रीमती गीताले अनुरोध गर्नु भएको छ।भवानी अधिकारीको नाममा बाणिज्य बैक शाखा दैलेखमा रहेको २०२४९ खाता नम्बरमा सहयोग रकम जम्मा गरीदिन परिवारका सदस्यले अनुरोध गरेका छन।

Share.

About Author

Leave A Reply