मैत्रीपूर्ण क्रिकेटको उपाधि एमएस क्रिकेट एकेडेमीलाइ ।

0

कात्तिक २७-सुर्खेत।सुर्खेतको बीरेन्दनगरमा सम्पन्न मैत्रीपूर्ण क्रिकेटको उपाधि एमएस क्रिकेट एकेडेमी सुर्खेतले जितेको छ।

आज भएको फार्इनलमा आयोजक एमएस एकेडेमीले महाभद्रकाली दाङ क्रिकेट क्लवलार्इ ५१ रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको एमएसले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९६ रन बनायो।

एमएस रबिन्द्रजंग शाहीले ४३ बलमा बिस्फोटक ब्याटिङ्ग गर्दै ८९ रनको योगदान दिदाँ भविन सारु मगरले ५० रनको अधशतकिय पारी खेल्नुभयो।

महाभद्रकालीका जम्बो मगर र राजेन्द्र शाहीले समान १÷१ विकेट हा पार्नुभयो।

महाभद्रकालीले १९.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ४४ रनमा समेटियो।

एमएस क्रिकेट एकेडेमीको आयोजनामा मैत्रीपूर्ण प्रतियोगिता दुई दिनसम्म सञ्चालन भएको एकेडेमीका सञ्चालक मोहन शाहीले बताउनुभयो।

उहाँले सुर्खेतमा क्रिकेटको माहोल बढाउनको लागी आगामी दिनमा पनि क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने बताउनुभयो।

Share.

About Author

Leave A Reply