मोटरसाइकलले ठक्कर दिएर फरार भएका दुई जना ४८ घन्टापछि पक्राउ।

0

सुर्खेत-मंसिर ५,सुर्खेतको बीरेन्द्रनगरमा तीन वर्षीय बालकलाई मोटरसाइकलले ठक्कर दिएर भागेका दुई जना ४८ घन्टापछि पक्राउ परेका छन्।

तिनदिन अघि जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडी बालकलार्इ ठक्कर दिएर उनीहरू भागेका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले पत्रकार सम्मेलन गर्दै उनिहरुलार्इ आज बीरेन्द्रनगरबाटै नियन्त्रणमा लिर्इएको जनाएको छ।

पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–५ चिसापानीका १८ जीवन चौहान र पछाडी बसेका १७ बर्षका नविन भनिने अमर सलामी छन्।

सुर्खेतका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले मंगलवार साँझ वीरेन्द्रनगर–१ बाँगेशीमलका ३ वर्षीय बालक समिर नेपालीलाई लु६२प ७००३ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि बालकको मृत्युभएको पुष्टि गर्नुभयो।

सीसीटीभी क्यामेराको सहयोगमा हुलिया पत्ता लगाउँदै आज उनिहरु लाई नियन्त्रणमा लिइएको बताउनुभयो।

पछाडि बसेका अमरलाई दुर्घटनापश्चात घाइतेलाई उद्धार नगरेको तथा प्रहरीलाई खबर नगरेकाले पक्राउ गरिएको उहाँले बताउनुभयो।

बालकका आफन्तले पीडकलाई पक्राउ गर्न माग गर्दै हिजो विहान नै आन्दोलन गरेका थिए।

उनिहरुलार्इ प्रकाउ गरिसकेको भन्दै प्रहरी प्रमुख भट्टले थप अनुसन्धान भर्इरहेको बताउनुभयो।

 

 

Share.

About Author

Leave A Reply