मोटरसाइल चोरी गरेको आरोपमा सुर्खेतको बीरेन्द्रनगरबाट एकजना प्रकाउ।

0

मंसिर ७ सुर्खेत, प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको भन्दै सुर्खेतको बीरेन्द्रनगरमा एक युवालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले दैलेखको चामुण्डा विन्द्रासैनी–६ का २२ वर्षीय प्रशान्त शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको जनाएको छ।

शाहीले मंसिर १ गते प्रदेश अस्पताल कालागाउँमा पार्किङ गरिएको कर्णाली प्रदेश ३–०२, १० प ९४४ नम्बर पल्सर मोटरसाइकल चोरी गरेको प्रहरीको भनाइ छ।

प्रहरी जाँच क्रममा बुधबार सुर्खेत–जुम्ला सडकखण्डमा उक्त मोटरसाइकलको इन्जिन र च्यासिस नम्बर मिल्न गएको हुँदा प्रहरीले शाहीलाई नियन्त्रण लिएको हो ।

जिल्ला प्रहरीका प्रवक्ता डिसपी रवि रावलले शाहीको साथबाट प्रहरीको युनिफर्मसहितको दुईप्रति फोटो र नेपाल प्रहरी जवान पदको नक्कली परिचयपत्र फेला पारेको बताउनु भयो ।

यसैबिच सुर्खेतको बीरेन्द्रनगर १२ कुनाघाटमा रहेको गोपी लम्सालको घरमा दिउँसै चोरी भएको छ।

लम्सालले ७० हजार रुपैयाँ नगद सहित गरगहना समेत गरी चारलाख भन्दा बढीको धनमाल चोरी भएको बताउनु भयो। दिउँसो सवा १२ देखि एक बजेको बिचमा चोरी भन्दै उहाँले घरमा कोहि नभएको थाहा पाएरै दिउँसो चोरी भएको बताउनु भयो ।

एक तलेघरमा छतको ढोकाबाट छिरेर चोरी गरेको भन्दै उहाँले छतबाटै हाम्फालेर भागेको पाइला रहेको जानकारी दिनुभयो ।

Share.

About Author

Leave A Reply