यस बर्षको दशैँ सकिदै आज अन्तिम दिन पनि टिका जमार लगाउने काम जारी।

0

सुर्खेत  ,कार्तीक ६ । हिन्दुहरुको महान चार्ड बडादशै आज अर्थात कोजाग्रत पुर्णीमादेखी समापन्न हुदैछ।गत असोज २४ घटस्थापना बाट शुरुभएको यस बर्षको दशै आज कोजाग्रत पुर्णीमा घरघरमा महालक्ष्मीको पुजा आरधाना गरि समापन गरिदै छ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ।आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ।आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास रहेको छ।माता दुर्गाका तीन वटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ।नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ।

Share.

About Author

Leave A Reply