यहि माघ महिना भित्र ६ नम्बर प्रदेसका सात वटै मन्त्रालय स्थापना हुने प्रमुख सचिव प्रधानको भनार्इ

0

माघ–२३सुर्खेत। प्रदेस नम्बर ६ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले यहि महिनाभित्र बीरेन्द्रनगरमा सबै सात वटै मन्त्रालय स्थापना हुने बताउनु भएको छ।वीरेन्द्रनगरमा रिर्पोटर्स क्लव नेपाल शाखा सुर्खेतले गरेको साक्षात्कारमा प्रधानले मन्त्रालय व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।मन्त्रालयकालागि छनौट गरिएका संरचनामाहरु रंग–रोगन र मर्मतको काम भर्इरहेको उहाँको भनार्इ छ।मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय भने क्षेत्रिय प्रशासनको कार्यालयमा स्थापना भर्इसकेकाले अरु ६ वटा मन्त्रालयकालागि काम अन्तिम चरणमा पुगेको छ।प्रदेसमा मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, रहने छन।यसैगरी भौतिक पुर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमी व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय पनि रहने छ।कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका प्रमुख थम्बराज श्रेष्ठले प्रदेश सभाकालागि छनौट गरिएको शैक्षिक तालिम केन्द्रको भवनमा ध्वनीको समस्या देखिएकाले सभाहल व्यवस्थापन गर्न झण्डै तीन महिना लाग्ने बताउनु भयो।सार्वजनिक खरिद ऐन प्रक्रियाले गर्दापनि समय लाग्ने भन्दै उहाँले ढिलै भएपनि कम खर्चमा उत्कृष्ट सभाहल निर्माणकालागि खटिएको दाबी गर्नुभयो।प्रदेश सभाको भवन व्यवस्थापन गर्न मात्र झण्डै १ करोड लागत लाग्ने भन्दै श्रेष्ठले सभाहलको अहिलेको ध्वनी इको भएकाले यसलार्इ हटाउने मात्रै झण्डै २० लाख खर्च लाग्ने बताउनु भयो।कार्यक्रम रिर्पोटर्स क्लव नेपाल शाखा सुर्खेतका अध्यक्ष सुशील खड्काको सभापतित्वमा भएको हो।

Share.

About Author

Leave A Reply