यहि १४ गते हुने चुनाबकालागि मनोनयन दर्ता ।

0

असार ५ ,प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा यहि १४ गते हुने चुनाबकालागि मनोनयन दर्ता भएको हो ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सबै ठाउँमा उत्साहजनरूपमा मनोनयन दर्ता भएको बताउनु भयो ।
उहाँले दोस्रो चरणको निर्वाचनमा एक महानगर सहित ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुने बताउनु भयो।
निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदान प्रक्रियामा भाग लिने आयोगले जनाएको छ।
दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
निर्वाचनकालागि ४ हजार ५ सय ८१ मतदान स्थलमा ८ हजार ३ सय ६४ मतदान केन्द्र रहने आयोगले बताएको छ ।
मतदान कार्यमा सुरक्षाकर्मी बाहेक ६६ हजार ९ सय कर्मचारी खटिने प्रमुख आयुक्त यादवले बताउनु भयो ।
यस्तै ६ गते बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ता गर्न सकिने भन्दै आयोगले ६ गतै नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने जनाएको छ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले प्रति मतदान केन्द्रमा कम्तीमा एकजना मतदाता शिक्षा कार्यकर्ताका दरले ८ हजार ३ सय ५० कर्मचारीलाई परिचालन गरेको बताएको छ ।

Share.

About Author

Leave A Reply