यही जेठ ४ गते देखी सुर्खेतको बीरेन्द्रनगरमा पहिलो पटक कर्णाली प्रिमियर लिग हुने ।

0

सुर्खेत बैशाख १३− यही जेठ ४ गते देखी सुर्खेतको बीरेन्द्रनगरमा पहिलो पटक कर्णाली प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ।

आज बीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर आयोजक बन्धुविकास सहकारी संस्थाले प्रतियोगितको लागी तयारी थालिएको जनाएको छ।

१० टिमको सहभागीता हुने प्रतियोगितमा राष्ट्रियस्थरमा खेलखेलेका खेलाडीहरुको पनि सहभागीता जनाउने आयोजकले जनाएको छ।

जेठ ४ गतेदेखि शुरुहुने प्रतियोगिता १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले तिन लाख हात पार्ने छ भने उपविजेताले एक लाख पचाँस हजार हात पार्ने पुर्ब राष्ट्रिय खेलाडी जिबन शाहीले जानकारी दिनुभयो।

प्रतियोगितको सर्बउत्कृष्ट खेलाडीलार्इ २५ हजार उत्कृष्ट ब्याट्स्म्यान र उत्कृष्ट बलरलार्इ समान १०/१० हजार रुपैयाँसहित ट्रफि र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार ५ सयसहित ट्रफी पाउने उहाँले जानकारी दिनुभयो।

किक्रेट र्इतिहासमा कर्णाली प्रदेशमै यो अहिले सम्मकै ठुलो धनराशिको प्रतियोगिता हो।

प्रतियोगिता सञ्चालनको लागी झन्डै २० लाख लागत लाग्ने आयोजकले अनुमान गरेको छ।

Share.

About Author

Leave A Reply